माया मेट्रो अस्पताल धनगढी र नवदुर्गा गाउपालिका विच भयाे सम्झाैता : नवदुर्गा वासीले पाउनेछन २५% सम्म छुट


समाजसेवी इश्वरी बिष्टको पहलमा हस्पिटलका निर्देशक मोहन साउद र नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन।
सम्झौता अनुसार नवदुर्गा गाउँपालिकावासीले माया मेट्रो हस्पिटलमा उपचार गराएमा विभिन्न सेवा शुल्कमा १० देखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बिरामीले गाउँपालिकाको सिफारिस तथा वडावासीको पहिचान खुल्ने कागज खुलाएमा उक्त छुट पाउन सक्ने नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले मिडियालाई जानकारी दिएका छन् ।