कैलालीकाे गोदावरीमा कानुन सम्बन्धि वडा स्तरिय कार्यक्रम अायाेजना


अत्तरिया  :  कैलालीको गोदावरी नगरपालीकाले कानुन सम्बन्धि वडा स्तरमा एक दिवसीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएकाे छ ।

नगरपालीकाको न्यायीक शाखाले सोमबार र मंगलबार  नदोहोरिने गरि १२ ओटै वडाका मेलमिलापकर्ता हरुका लागी न्यायीक अधिकारको बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा न्यायीक अधिकारकै बारेमा छलफल गरिने सहायक महिला विकास निरीक्षक धना जोशीले जानकारी दिईन् ।
कार्यक्रममा न्यायीक समितिका नगरपालिकाका कानुन अधिकृत तपेन्द्र प्रसाद न्यौपानेले प्रशिक्षण गरेका छन् । यसै कार्यक्रममा सम्पुर्ण वडाका मेलमिलापकर्ता सहभागी रहेका थिए भने कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख सारदा देवी राेकाया थिईन ।