कैलालीकाे गोदावरीका १२ वटै वडाकाे वडाभेला सम्पन्न: यस्ता छन नीति कार्यक्रम तथा याेजनाहरु
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सिलिङ सार्वजनिक गर्दै १२ वटै वडाका वडाभेलाहरू सम्पन्न गरेको छ। जेठ १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएका वडाभेलामा नगरले अघिल्लो वर्षको समीक्षा र आगामी वर्षका नति कार्यक्रम तथा याेजना प्रस्तुत गरेको थियो।







