लामो समय देखि चिकित्सा बिधेयकको माग गर्दै आन्दोलनरत संघर्ष समितिले गेटा मेडिकल कलेजको मुल गेटमा दिपावली गरेको छ ।

संघर्ष समितिका सयाेजक तथा सदस्य र अन्य स्थानीयहरु जम्मा भएर बिधेयकको स्वागतमा खुशियाली मनाइएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले बताए ।
उनले बिधेयक पास भएर मात्रै नहुने र अब बजेट को पर्याप्त ब्यबस्था गरेर कम्तीमा एमबिबिएस को पढाई शुरु गर्नुपर्नेमा जोड दिएका थिए । बिधेयक पारित भए संगै अब गेटा मेडिकल कलेज स्वायत्त बिश्वबिद्यालय उन्मुख हुनेमा स्थानीय आशावादी रहेका छन् ।
यस्तै विधेयक पारित भएपछि नेकपा एमाले गोदावरी नगरकमिटीले अत्तरिया चोकमा दिप प्रज्वलन गरेको छ । आफ्नै पार्टीको नेतृत्वमा सरकार भएको बेला बिधेयक पारित भएको भन्दै नगरकमिटीले सरकारलाई धन्यवाद दिने दिप प्रज्वलन गरेको बताएको छ ।
नगरकमिटी अध्यक्ष सन्तोष सिँहले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका कारण बिधेयक पास भएकाले सरकारलाई धन्यवाद दिएका छन ।
अध्यक्ष सिहंले यो खुशी यहाँका सम्पुर्ण अाम जनताको खुसि भएको बताएका थिए । विधेयक पास भएकाे सुचना अाएपछि अाम जनताका सामाजिक सञ्जालमा स्टाटस राखि खुसि व्यक्त गरेका छन ।