गोदावरी१० द्वारा ९३ लाख ३० हजारको बजेट प्रस्तुत
अत्तरिया : कैलालिको गोदावरी नगरपालिका वडा नं. १० ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । आइतवार आयोजित वडाभेलामा वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गरेको छ।नगरपालिकाले पठाएको बजेट सिलिङका आधारमा वडा सदस्य शेरबहादुर तामाङ ले आगामी आर्थिक वर्षका लागि कुल ९३ लाख ३० हजार ४०३ रुपैया बराबरको बजेट प्रस्तुत गरेका थिए । उनले उक्त बजेट विभिन्न क्षेत्रमा छुट्याइएको बताए । उनका अनुसार वडाले कुल बजेटको करिव ४७ प्रतिशत रकम पुर्वाधार विकासमा छुट्याएको छ ।

कुल बजेट मध्ये वडाले पुर्वाधार विकासमा ४३ लाख ८५ हजार ३०३ रुपैया छुट्याएको वडासदस्य तामाङले बताए ।त्यसबाहेक सामाजिक विकासमा वडाले कुल बजेटको करिव ३० प्रतिशत बजेट बिनियोजन गरिएको छ । अन्य वडाको तुलनामा सामाजिक विकासमा बढी बजेट विनियोजन गरिएको तामाङले बताए । उनका अनुसार सामाजिक विकासमा वडाले २७ लाख ७५ हजार विनियोजन गरिएको छ । यस्तै आर्थिक विकासमा १३ लाख ९५ हजार, विपद ब्यवस्थापन तथा मागमा आधारित कार्यक्रमतर्फ १ लाख ७५ हजार र सार्वजनिक सेवा प्रवाह, कार्यालय संचालन तथा ब्यवस्थापनतर्फ ६ लाख रुपैया बजेट छुट्याइएको छ ।
वडाभेलामा वडाका नीति तथा कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । जसमा वडाले चालू आर्थिक वर्षमा भैरहेका काम तथा आगामी आर्थिक वर्षमा गर्नुपर्ने कामकारवाहिहरु समावेश गरिएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि र स्थानिय जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । नगरका अन्य वडाहरुभन्दा याे वडामा पछिल्लाे समय युवानेतृत्व भएकाेहुदा सवैक्षेत्रमा विकास हुदैगएकाे वक्ताहरुकाे भनाई रहेकाे थियाे । अहिलेका याे वडाका अध्यक्ष सवैभन्दा कान्छा तथा सक्रिय वडा अध्यक्ष रहेकाे नगरप्रमुखले वताएका थिए । कार्यक्रममा स्थानिय क्लव ,वा समितिहरु र विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।







