अत्तरियाकाे ऐपेक्स ऐकेडेमीद्वारा क्यालाेरी क्वल्यावरेसन कार्यक्रम सम्पन्न


अत्तरिया : शुक्रबार (अाज)  वार्षिक कार्यपत्र अनुसार आज शुक्रबार`calorie collaboration´ कार्यक्रम   एपेक्स एकेडेमी बसन्तपुर कैलालीका विद्यार्थीहरूले आफूले घरबाट तयार पारेर ल्याएको टिफिन गोदावरी नगरपालिका वडा नम्बर २ मा अवस्थित सुदूरपश्चिम समावेशी विद्यालयका विपन्न र अशक्त बालबालिकाहरूलाई वितरण गरिएको हो।

बालबालिकाहरूलाई सामाजिक करण गर्न र बालबालिकामा नैतिक शिक्षाको उजागर गर्न यसैगरी अशक्त बालबालिका एवं अशक्त व्यक्तिहरूको सम्मान र आदर गर्न उत्प्रेरित गर्नका निमित्त बालबालिकालाई उक्त कार्यक्रममा सहभागिता गराइएको ऐपेक्स ऐकेडेमीका प्राचार्य समीर महराले वताएका छन। उक्त कार्यक्रमको लागी  कक्षा ७ आठ ९ र १० का विद्यार्थीहरूले आफूले टिफिन तयार पारेर ल्याएको थियो भने कक्षा ४ भन्दा माथिका विद्यार्थी भाइबहिनीहरुले आफ्नो एक दिनको टिफिन बराबरको  शैक्षिक  सामाग्री (कपी पेन्सिल)हरु किनेर उक्त विद्यालयका अशक्त बालबालिकाहरुलाई वितरण गरिएको थियो |कार्यक्रममा समावेशी विद्यालयका शिक्षक शिक्षिका , स्थानिय जनप्रतिनिधि र दुवै विद्यालयका उल्लेख्य विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।