जय गाेदावरी(एक फरक साेच)अभियानकाे नागरिक साक्षात्कार कार्यक्रम सम्पन्न
अत्तरिया : कैलालीको अत्तरियामा जय गाेदावरी अभियान(एक फरक साेच)काे शनिवार नागरिक साक्षात्कार कार्यक्रम सम्पन्न भएकाे छ । शनिवार अभियानका अध्यक्ष धन बहादुर बाेगटीकाे अध्यक्षतामा गाेदावरीकाे वडा नं ८ स्याउले वनदेवी मन्दिर परिसरमा नागरिक साक्षात्कार कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा वाड नं ८ का स्थानिय वुद्धिजिबी,समाजसेवी नागरिकहरुकाे उपस्थित रहेकाे थियाे । कार्यक्रम संचालन जय गाेदावरीका परिकल्पनाकार सदस्य राजन खड्काले गरेका थिए भने अभियानकाे वारेमा विस्तृत रुपमा जानकारी सहित स्वागत मन्तव्य अभियानकै अर्का परिकल्पनाकार सदस्य विष्णु जाेशीले राखेका थिए । शनिवार विहानवाट उक्त अभियानकाे विधिवतरुपले नागरिक साक्षात्कार कार्यक्रम गरि गाेदावरी वडा न ८ वाट सुरुगरिएकाे र याे अभियान गाेदावरीका १२ वटै वडाहरुमा संचालन गर्ने अभियानका अध्यक्ष बाेगटीले जानकारी गराएका थिए।
कार्यक्रममा अाफ्ना विचार राख्दै अधिकास सहभागी नागरिकहरुले याे अभियान अहिलेकाे अावश्यकता भएकाे र याे अभियानकाे निरन्तरता हाेस भन्ने कुरा राखेका थिए । यस्तै याे अभियानलाई शुभकामना समेत दिएका थिए । कार्यक्रममा वडा संजालकाे समिति पनि चयन गरिएकाे समेत अध्यक्ष बाेगटीले वताए । गाेदावरी नगरपालिका वडा नं ८ काे संयाेजकमा सुचना प्रविधि क्षेत्रमा कार्यरत क्यान कैलालीका काेषाध्यक्ष स्थानिय लक्ष्मी दत्त जाेशी चयन भएका छन भने सह-संयाेजकमा समैजी मा वि स्याउलेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पशुव्यवसायी धनेन्द्र चाैधरी र सदस्यमा स्थानिय युवा रमेश वाेगटीलाई उक्त नागरिक साक्षात्कार भेलाले चयन गरेकाे अभियानका अध्यक्ष धन वहादुर वाेगटी (धिरेन वाेगटी) ले जानकारी गराएका हुन ।
जय गाेदावरी अभियान(एक फरक साेच) काे विधिवतरुपमा यहि २०८२ साल बैशाख १ गतेका दिन अभियानकाे व्यानर पुजनगरी घाेषणा भएकाे थियाे ।