अत्तरियामा जगदीश कैनीका हत्यारा सार्वजनिक
अत्तरिया : कैललीको अत्तरियास्थित दुर्गा मन्दिरमा गत चैत्र २६ गते राति भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त बोहरालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै अभियुक्त बैतडीको डिलाशैनीका बोहरालाई सार्वजनिक गरेको हो ।
