एक कार्यक्रमका बिच समृद्ध गोदावरी निर्माणको सङ्कल्प अभियान शुभारम्भ
अत्तरिया : कैलालीमा समृद्ध गोदावरी निर्माणको सङ्कल्प अभियान ‘जय गोदावरी’ को शुभारम्भ गरिएको छ । नव वर्ष २०८२ को अवसरमा आयोजित एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको हो । सोमबार अभियानका सल्लाहकार वीर बहादुर कडायतको सभाध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच पण्डित कृष्ण दत्त जोशीले पूजाआजा गरेर अभियानको शुभारम्भ गरेका थिए ।









