शिखर डेन्टल क्लिनिक प्रा. लि. र ग्लोबल आईएमई बैंक अत्तरिया बिच भयाे बिशेष छुट समझदारी
अत्तरिया : शिखर डेन्टल क्लिनिक प्रा. लि. र ग्लोबल आईएमई बैंक अत्तरिया बिच बिशेष छुट समझदारी भएकाे छ ।
बिहिवार (अाज ) अाउदै गरेकाे नयां बर्ष २०८२ सालको पावन अबसरमा समस्त ग्राहक बर्ग, आफन्त ,शुभचिन्तकहरुमा सुख,शाान्ति तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना संगै नव बर्षको अबसर पारेर शिखर डेण्टल क्लिनिक प्रा.लि. अत्तरियाले ग्लोबल आईएमई बैंक अत्तरिया शाखासंग दांत र मुखको उपचार गर्न आउने बैंकका कर्मचारि,बैंकमा कारोबार गर्ने ग्राहकहरुको दांत तथा मुख सम्बन्धि सम्पुर्ण उपचारमा १५ प्रतिशत छुटसहित उपचार गर्ने समझदारी पत्र (MOU) गरेको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंक अत्तरियाका शाखा प्रमुख भुवन प्रसाद भट्ट र शिखर डेन्टल क्लिनिक प्रा. लि. अत्तरियाका संचालक मिनबहादुर देउवाले हस्ताक्षर गरेका छन।
कैलालीको अत्तरियामा रहेको शिखर डेण्टल क्लिनिक प्रा. लि. ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक मुख स्वास्थ्य कार्यक्रम तथा जनचेतनामुलक कार्यक्रम, निःशुल्क दांत र मुख स्वास्थ्य शिबिर , बिद्यालय मुख स्वास्थ्य कार्यक्रम एबम विभिन्न किसिमका सामाजिक कार्यक्रम गर्दै आएको छ । यस क्षेत्रकै अग्रणी दांत तथा मुख स्वास्थ्य संस्था शिखर डेण्टलले बिगत लामो समयदेखि नविनतम प्रबिधिद्वारा बिशेषज्ञ सेवाहरु दिंदैआईरहेको संचालक देउवाले वताएका छन । यस्तै याे संस्थावाट सेवा लिएका अधिकांस व्यक्तिहरु सन्तुष्ट रहेकाे पाईन्छ ।