कार्यालय सहयोगी कलकराज भए स्थायी शिक्षकमा सिफारिस
बझाङ : बझाङकाे जयपृथ्वी नगरपालिका–७ का कलकराज रतालाले स्थायी शिक्षकमा नाम निकालेर सिफारिस भएका छन । बझाङको जयपृृथ्वी नगरपालिका–७ को वडा कार्यालयमा कार्यालय सहयोगीका रुपमा रहेका रतालाले प्राविको शिक्षकमा नाम निकालेर सिफारिस भएका हुन । जयपृथ्वी नगरपालिका–७ को वडा कार्यालयले उनी स्थायी शिक्षक भएपछी विदाई गरेको हो । रतालाले २०६५ साल देखि २०७५ साल सम्म जयपृथ्वी नगरपालिका–७ सुबेडामा रहेको जनता प्राविमा निजी स्रोतमा प्रधानाध्यापकको रुपमा काम गरेका थिए । प्रधानाध्यापक बाट राजिनामा दिएर २०७५ सालमा उनलाई वडा कार्यालयमा कार्यालय सहयोगीको रुपमा नियुक्ति गरेपछि उनि निरन्तर वडाको काम संगै शिक्षक सेवाको परिक्षाको तयारीमा आफुरहेको बताउछन् । हाल उनि तलकोट गाउँपालिकामा रहेको चन्द्रोदय आधारभुत विद्यालयमा सिफारिस भएका छन् । आर्थिक बर्स २०८०/८१ को बिज्ञापन मा बझाङ जिल्लाबाट सिफारिस भएका रतालाले शिक्षक सेवा आयोगको तेस्रो पटक को प्रयास मा स्थायी शिक्षक भएका हुन । पेसा प्रति जिम्मेवार कलक रताला संघर्ष पछि सफलता पाउने मध्येका स्थानिय समुदायका नमुना ब्यक्ति हुनुहुन्छ । प्रधानाध्यापक बाट कार्यालय सहयोगि बनेका रताला फेरि स्थायी शिक्षक बनेका छन ।