दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियुकाे मतदान सुरु
अत्तरिया : आज ( बुधवार) सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भईरहेकाे छ ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा पनि मतदान सुरु भएको छ । आज बिहान ८ बजे देखि मतदान सुरु भएको हो । मतदानको लागि निर्वाचन समितिले अाजै अपराह्र ४ बजे सम्मको समय तोकिएको छ ।
दुर्गालक्ष्मीमा दुई समुहबिच प्रतिष्पर्धा भईरहेकाे छ । नेविसघं र संयुक्त अखिलबिच प्रतिष्पर्धा हुन लागको हो । नेविसंघबाट भुवन महरा र संयुक्त अखिलबाट बम बहादुर विक अध्यक्षका उमेदवार रहेका छन् । मतदान सान्तपुर्वक नै भईरहेकाे निर्वाचन समितिले वताएका छन ।