ईलाका प्रहरी कार्यालय अत्तरिया अगाडिको मन्दिरमा भेटियो शव, हत्यागरिएको आशंका


अत्तरिया : कैलालीको अत्तरियामा एक  पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीकाे ठिक  अगाडि रहेको दुर्गा मन्दिर परिषरमा एक पुरुषको शव फेला परेको हो । याे संगै  समय समयमा हुने यस्ता घटनाघटिरहदा यहाँका स्थानियहरु त्रसित भएका छन ।

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।  थापाले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए । शबको पहिचान हुन सकेको छैन ।

शब घटनास्थलवाट प्रहरीले पाेष्टमार्टम गरि घटनाकाे थप अनुसन्धान गर्न भनी उठाएकाे छ । सुदुरपश्चिमकाे प्रवेशद्वार अत्तरिया क्षेत्रमा  पछिल्लाे समय यस्ता घटनाहरु बढ्दै गईरहदा सुरक्षा चुनाैती थपिदै गएकाे पाईन्छ ।