कांग्रेस सुदूरपश्चिमको पहिलो सम्मेलनको सभापति देउवाले गरे : उद्घाटन


अत्तरिया : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको केन्द्रीय  सभापति देउवाले उद्घाटन गरेकाछन ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले विरुवामा पानी दिदै सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलनमा सहभागी हुन उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता बालकृष्ण खाण, कृष्णप्रसााद, सिटौला, एनपी साउद, ससांक कोइरालालगायतका नेताहरूसहित देउवा आज धनगढी पुगेका हुन् ।

अहिले धनगढीस्थित चटकपुरमा रहेकाे सौँराई ब्यांकेटमा सम्मेलन चलिरहेको छ ।