अज्ञात समूहले गरे अत्तरियाको नो लाईटका कर्मचारी चाैधरी माथी खुकुरी प्रहार


अत्तरिया: अत्तरिया नो लाईटका कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार भएको छ ।

विहिबार बिहान कार्यालय अगाडि अज्ञात समूहले खुकुरी प्रहार गरेको हाे । घाईतेे चाैधरीको खुकुरीले टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईतेको  उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको बताएका छन भने खुकुरी प्रहार गर्नेहरु फरार रहेको र, खोजी कार्य जारी रहेको बताए ।

स्थानीयका अनुसार ३ मोटरसाइकलमा आएका ६ जनाले कार्यालय अगाडि उभिएका चौधरी माथी खुकुरी प्रहार गरेका थिए ।