प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कर्की निर्वाचित, यस्तो बन्यो टीम


धनगढी:  प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन शनिवार धनगढीमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छ  ।

अधिवेशनले उपाध्यक्ष मीन ठकुरी र कल्पना बोहरालाई चुनेको छ । महासचिवमा भानुभक्त आचार्य निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चुनिनु भएको छ ।
सचिव पदमा लोकेन्द्र ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार,महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित बिक, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउद (आलोक), बहादुर साउद,
भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर विक र वेदप्रकाश ओली निर्वाचित भएसंगै प्रदेश कमिटिले कार्यसमितिले पुर्णता पाएकाे अायाेजकले वताएकाे छ ।