दुर्गालक्ष्मी नमुना माविकाे स्वर्ण जयन्ती भब्य रूपमा मनाईन्छ : अध्यक्ष शाह


अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना बिधालय ले आफ्नो स्वर्ण जयन्ती भब्य रूपमा मनाउने तयारी थालेको छ ।

अहिले विभिन्न समितिहरु बनाएर तयारी को कामहरु भैरहेका छन् । “हाम्रो इच्छा घर घरमा शिक्षा” भन्ने नारा सहित बिद्यालय स्थापना को ५० बर्ष पुगेको अबसर पारेर स्वर्ण जयन्ती मनाउन लागिएको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश शाहले जानकारी दिए।

यस क्षेत्रमा धेरै विद्यार्थी अध्ययन गर्ने उक्त बिद्यालय २०३० सालमा स्थानीय कै पहलमा सन्चालनमा आएको हो । पहाडी ७ जिल्ला सहित यहाँको कैलाली कंचनपुरका विद्यार्थी समेत उक्त बिधालयमा अध्ययनरत रहेका छन् ।

झन्डै  ३ हजार बढी बिद्यार्थी अहिले पनि यहाँ अध्यन गर्ने गरेको बिधालय प्रशासनले जनाएको छ । कक्षा १२ सम्म अहिले उक्त बिधालयमा पढाइ हुने गरेको छ । उक्त बिधालयमा शिक्षक कर्मचारी गरेर ८२ जना  कार्यरत रहेका छन् ।

बिधालयका अध्यक्ष शाहका अनुसार उक्त बिधालयमा निम्न बर्गिय देखि सप्पन्न परिवारका बिद्यार्थीहरु अध्यन गर्ने गर्दछन् । भौतिक संरचना पनि बिधालयको पार्याप्त रहेको छ । जग्गा मात्रै झन्डै  ३ बिगाह उक्त बिधालय को रहेको छ ।उक्त बिधालयमा नेपाली र अंग्रेजी दुबै माध्यमबाट अध्यापन गराइने गरेको छ ।

स्वर्ण महोत्सवमा  विद्यालयमा यस्ता छन  कार्यक्रम हरु :  

बिधालय को स्वर्ण महोत्सव ३ दिन सम्म हुने छ । यस क्षेत्रको उतस्बको रूपमा स्वर्ण महोत्सवको तयारी थालिएको अध्यक्ष शाहले बताए।

चैत्र  २७,२८ र २९ गते विविध कार्यक्रम गरेर महोत्सव मनाउने कार्यक्रम रहेको छ ।

लगातार ३ दिन सम्म विविध सांस्कृतिक कार्यक्रम, संस्थापकहरुलाई सम्मान , बिज्ञान प्रदर्शनी , प्यानल डिस्कसन लगाएत अन्य धेरै कार्यक्रम गरिने बिद्यालयले जनाएको