अन्नपूर्ण मिडियामा आगजनी र तोडफोड, एभीन्युजका क्यामेराम्यानकाे गयाे ज्यान

एकैछिन पछि सुरक्षाकर्मी आइपुगे। कार्यालयका सुरक्षागार्ड, पत्रकार र कर्मचारी मिलेर आगो निभाइयो। धन्न ठूलो दुर्घटनाबाट अन्नपूर्ण जोगियो। ‘पत्रकार र कर्मचारीलाई भित्र राखेर बाहिरबाट आगो लगाउने काम आतंककारी गतिविधि हो,’ अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेàवर थापाले भने, ‘यो त आतंककारी गतिविधि हो।’ अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमाथि गरिएको जघन्य घटनाको प्रेस सम्बद्ध संघसंस्था, राजनीतिक दल, मानवअधिकारवादी संघसंस्था र अन्तर्राष्ट्रिय समुदायबाट भत्र्सना गरिएको छ। मिडिया हाउसमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
समाचार संकलनको क्रममा एक सञ्चारकर्मीको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने कार्य निन्दनीय र भत्र्सनायोग्य कार्य हुन् । नेपाल पत्रकार महासंघ
राजावादीको नाममा भएको आन्दोलनमा लोकतन्त्रको पक्षमा रहेका पत्रकार र मिडिया हाउस निसानामा परे। आन्दोलनकारीले कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि आक्रमण गरेका थिए। यस्तै, हिमालय टेलिभिजनको गाडी तोडफोड गरियो। केही सञ्चारकर्मीका भिडियो क्यामेरा, क्यामेरालगायतका उपकरणमा क्षति पुर्याए। ‘लोकतन्त्र र प्रेस विरोधी हर्कत सैह्य नहुने’ नेपाल पत्रकार महासंघले लोकतन्त्र र प्रेस विरोधी हर्कत दोहोरिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ। राजावादीको आन्दोलनका नाममा अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टेलिभिजनमा भएको आक्रमण तथा एभीन्युज टेलिभिजनका क्यामेरा पर्सनको निधनप्रति महासंघले गम्भीर आपत्ति जनाएको छ। ‘राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समूहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक सञ्चारकर्मीको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र सञ्चारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासंघको ठहर छ।’ यस्तै, प्रेस चौतारी नेपालले अन्नपूर्ण मिडिया नेटवर्क, कान्तिपुर टेलिभिजनमा भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ।
‘कथित राजावादी समूहको नाममा आज काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका सञ्चारकर्मीको ज्यान गुमेको र सञ्चारकर्मी, सञ्चारमाध्यममाथि भएको आक्रमणको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ,’ चौतारीका महासचिव हीरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको सम्मान गर्दै पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिलाउन तथा निर्वाध रूपमा समाचार संकलन, सम्प्रेषण र प्रकाशन/प्रसारणमा अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षहरूलाई हामी अपिल पनि गर्दछौं।’ यस्तै, समाजवादी प्रेस संगठनले अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा भएको आक्रमणको निन्दा गरेको छ। संगठनका महासचिव रोहित दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘पत्रकारलाई भित्र राखेर कार्यालयमा आगजनी गर्ने, भौतिक आक्रमण गर्ने प्रेस स्वतन्त्रता विरोधी हर्कतको जति भत्र्सना गरे पनि कमै हुन्छ। यस्ता हर्कत गर्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्न र पत्रकारको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गर्छौ।’
‘नियोजित रूपमा अपराधजन्य काम’
मानव अधिकार तथा शान्ति समाजले अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टीभीमा भएको आक्रमणलाई अपराधजन्य कार्य भनेको छ। समाजले विज्ञप्ति प्रकाशित गरी लोकतन्त्र विरोधी पूर्वराजावादीहरूको अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय, कान्तिपुर टीभीलगायत सञ्चारगृहमा गरेको तोडफोड र आगजनी प्रयासको निन्दा गरेको छ। ‘व्यक्तिका घर, पसल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, सवारीसाधनलगायतका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीजस्ता निन्दनीय हुनुका साथै अपराधजन्य क्रियाकलाप हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जुन नियोजित रूपमा भएका छन। तसर्थ यस्ता अपराधजन्य क्रियाकलापका योजनाकार मूल दोषीहरूलाई कानुनसम्मत कारबाही गर्नुपर्छ।’
आन्दोलनका नाममा अन्नपूर्ण मिडिया नेटवर्कमाथि आक्रमण हुनु अत्यन्तै निन्दनीय कार्य हो । यस घटनालाई गम्भीरतापूर्वक लिन म अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछु । एड्रियन पोखरेल, नेता, डेमोक्रेटिक पार्टी अमेरिका
मानव अधिकार आयोगले भन्यो : राजावादीको आन्दोलन हिंसात्मक
राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको जनाएको छ। ‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन’ आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’ आयोगले आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउन, अधिकारको प्रयोग गर्दा अरूप्रति पर्न जाने असरमा संवेदनशील हुन पनि आयोगले आग्रह गरेको छ।
आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर समाजवादी र राजावादीको आन्दोलनको अनुगमन गरेको थियो। अनुगमनको क्रममा राजावादीहरूको आन्दोलन हिंसात्मक देखिएको आयोगले विज्ञप्तिमा जनाएको छ। ‘प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा प्रदर्शनकारीले तीनकुनेमा सञ्चारमाध्यम, कलेज तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण हुनुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गरेको भेटिएको उल्लेख छ। अनुगमन टोलीमाथि समेत प्रदर्शनकारीहरूबाट आक्रमण भएको जनाएको छ।
व्यक्तिका घर, पसल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, सवारीसाधनलगायतका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीजस्ता कार्य निन्दनीय हुन् । जुन नियोजित रूपमा भएका छन्। तसर्थ यस्ता अपराधजन्य क्रियाकलापका योजनाकार मूल दोषीहरूलाई कानुनसम्मत कारबाही गर्नुपर्छ । मानवअधिकार तथा, शान्ति समाज
प्रहरीले व्यक्तिको निजी आवास प्रयोग गरेर अश्रुग्याँस प्रहार गरेको देखिएको भन्दै आयोगले भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा र हवाई फायर गरेको पाइएको जनाएको छ। यसैबीच, अन्नपूर्ण मिडिया नेटवर्कमा गरिएको आक्रमणको कडा शब्दमा नेपाली मूलका अमेरिकी लिडर एड्रियन पोखरेलले भत्र्सना गरेका छन्। उनले यो घटनालाई गम्भीतारपूर्वक लिन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन्।
सेना सडकमा
राजावादीले आन्दोलनका नाममा अराजकता मच्चाएपछि नेपाली सेनाले सडकमा तैनाथी बढाएको छ। लुटपाट, आगजनी र तोडफोड रोक्न सेनाले गस्ती गरिरहेको हो। विवादित व्यवसायी दुर्गा प्रसाईं सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रिएको गृह मन्त्रालयले जनाएको छ। गृहले तीनकुनेको प्रदर्शनलाई हिंसात्मक र खेदजनक भएको बताएको छ। गृहका सहसचिव छवि रिजालले दुर्गा प्रसाईंको अगुवाइमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति, अस्पताल तोडफोड र आगजनी भएको बताए। ‘तीनकुनेमा राजावादी हिंसात्मक प्रदर्शन भयो। पूर्वराजाका समर्थकद्वारा भएको गतिविधि दु:खदायी र खेदजनक छ, उनले भने, ‘संविधानले दिएको स्वतन्त्रता नै लाज लाग्ने खालको देखियो। दुर्गा प्रसाईं सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले सवारी चलाएपछि अवस्था बिग्रिएको हो।’
यो त आतंकवादी गतिविधि हो : क्याप्टेन रामेश्वर थापा, अध्यक्ष, अन्नपूर्ण मिडिया नेटवर्क
संविधानत: शान्तिपूर्ण आन्दोलन गर्ने हक सबैलाई छ। त्यसको हामी सम्मान गर्छौं। तर, आन्दोलनका नाममा अन्नपूर्ण मिडिया नेटवर्क र अन्य व्यावसायिक प्रतिष्ठानहरूमाथि सुनियोजित रूपमा जे जसरी आक्रमण भयो, त्यो अत्यन्तै दु:खलाग्दो छ। आतंककारी गतिविधिको हिसाबले भएको अनुमान छ।
अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा पत्रकार र कर्मचारीहरू काम गरिरहेको अवस्थामा झ्यालको सिसा फोडेर छिर्न खोज्ने, त्यसरी छिर्न नसकेपछि बोरामा आगो सल्काएर कार्यालय ध्वस्त बनाउने एवं पत्रकार र कर्मचारीलाई जिउँदै जलाउन खोज्ने जुन हर्कत भयो, यसलाई जघन्य अपराध मानिन्छ। अपराध संहिताले यसलाई ज्यान मार्ने उद्योगको संज्ञा दिन्छ। पत्रकार र कर्मचारीहरूलाई भित्रै मार्ने अभिप्रायले कार्यालयमा आगजनी गर्ने काम निन्दनीय र खेदपूर्ण छ। यो आतंकवादी गतिविधि हो।
जुन मिडियाहरूले लोकतन्त्रको पक्षमा आफ्नो जिउज्यान अर्पण गरेर अविराम यात्रा गरिरहेका छन्, संघर्ष गर्दै आएका छन्, उनीहरूमाथि निसाना बनाउनु दु:खलाग्दो घटनाको रूपमा लिएको छु। अन्नपूर्ण मिडियालगायत अन्य मिडियाहरूले देशको प्रदत्त संविधान, शासन व्यवस्था, लोकतान्त्रिक पद्धति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वतन्त्रतालाई अक्षुण्ण राख्ने र सार्वभौमसत्तामा सधैँ अटल विश्वास राखेर अभियान चलाइरहेका छन्। यस्ता घटनाहरूले कुनै पनि अवस्थामा अन्नपूर्ण मिडिया डराउने छैन, पछि हट्ने छैन। कलमले प्रतिकार गरेर हाम्रा पत्रकार साथीहरू अगाडि बढ्नु हुनेछ। मिडिया हाउस आफैंमा दृढ भएर अगाडि बढ्नेछ।
म स्वदेश र विदेशमा रहनुभएका आमाबुवा, दाजुभाइ, दिदीबहिनी र भाइबहिनीलाई भन्न चाहन्छु, कि यो देश एउटा लोकतान्त्रिक पद्धतिको संवैधानिक अधिकार बोकेर अगाडि बढेको छ। यहाँ राम्रो हिसाबले काम गर्न चाहेमा सबै कुरा सम्भव छ। आफ्नो कामप्रति इमान्दार बन्नुस्, आफ्नो देशप्रति, हरेक व्यक्तिप्रति र तपाईं आफैंप्रति पनि इमान्दार बन्नुहोस्। तर यो किसिमको उच्छृंखलतापनले समाज र देश सबैलाई क्षतिमात्रै पुर्याउँछ। साभार अन्नपुर्णपाेष्ट