सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चद्वारा विभिन्न व्यक्तिहरु सम्मानित
अत्तरिया : सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चबाट विभिन्न व्यक्तिहरु सम्मानित गरिएकाे छ । सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्धनमा टेवा पुर्याउने, स्वास्थ्य शिक्षा लगायत जनजीवनका विषयमा सामाजिक चेतना अभिवृद्धि गर्ने, निम्न आय भएकाहरुको जिवनस्तर उकास्न सहयोग गर्ने र असहायहरुको सेवा गर्ने उद्देश्यका साथ वि.सं २०६० सालमा स्थापित सु.प.बहुउद्देश्यीय मञ्चले सिमित श्रोत, साधन र समयका वावजुद पनि संस्थाका लक्षित उद्देश्य हाँसिल गर्न सक्दो प्रयत्न गर्दै आइरहेको छ ।
भाषा, कला र संस्कृतिको संरक्षण सम्वद्र्धनमा टेवा पु¥याउने उद्देश्य अनुररूप विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, श्रष्टाहरुलाई सम्मान गर्दै अरु हरूमा पनि प्रेरणा जागृत गराउने कार्यलाई निरन्तरता दिदै आएको छ । सोही अनुरुप आफ्नो २१ औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्का ज्यूको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा समाजसेवी श्री डण्डीराज जोशी ज्यूद्वारा स्थापित डण्डीराज भागरथी आदर्श सम्मान २०८१ समासजेवी श्री दीर्घराज भट्ट ज्यूलाई प्रदान गरिएको छ भने वरिष्ठ साहित्यकार एवम् सु.प.साहित्य समाजका संस्थापक अध्यक्ष श्री यज्ञराज यात्री, समाजसेवी एवम् संस्कृति प्रेमी श्री चन्द्र सिंह बडैला ज्यूलाई सम्मान गरिएको थियो ।
त्यसैगरी समाजसेवी श्री डण्डीराज जोशी ज्यूद्वारा स्थापित रू.११,१११/– नगद पुरस्कार, दोसल्ला र सम्मान पत्र सहितको डण्डीराज भागरथी समाजसेवा पुरस्कार–२०८१ दृष्टि फाउण्डेसनका संस्थापक एवम् सञ्चालक समाजसेवी श्री कल्पना भट्टलाई, सञ्चारकर्मी स्व. हेम मल्लको स्मृतिमा स्थापित रू. ११,१११/– नगद पुरस्कार, दोसल्ला र सम्मान पत्र सहितको हेम मल्ल स्मृति आमञ्चार पुरस्कार २०८१ भाषासेवी श्री सुभाष संकल्प भण्डारीलाई, परिमल स्नेही राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ स्व. हरिशचन्द्र कडायतलाई (मरणोपरान्त) प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष श्री लालबहादुर खड्काको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमका विशिष्ट अतिथि गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नं १ का वडा अध्यक्ष श्री गोपाल दत्त भट्ट रहेका थिए । आमन्त्रित अन्य अतिथिहरुमा अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष श्री पद्मराज जोशी प्रभात, साहित्यकार श्री टी.आर पाठक, गोदावरी नगरपालिकाका पूर्व लेखा अधिकृत श्री रामचन्द्र जोशी, समाजसेवी डण्डीराज जोशी लगायतका महानुभावहरु रहेका थिए।
संस्थाको २१ औं साधारण सभाबाट निवर्तमान अध्यक्ष लाल बहादुर खड्काकै अध्यक्षतामा नयाँ कार्यसमितको चयन गरेको छ । जसमा उपाध्यक्ष देवराज भट्ट, सचिव डिल्लीराज जोशी, कोषाध्यक्ष हरिशंंकर जोशी, सह–सचिव लेखराज जोशी, सदस्यहरुमा गणेश बहादुर कडायत, सुरेन्द्र संगम, कमला भण्डारी भाट, जानकी कडायत चयन भएका छन् ।
यस्तै उक्त कार्यक्रममा धनञ्जय जाेशी स्मृती अक्षय काेषकाे समेत स्थापना गरिएकाे समितिले वताएकाे छ । उक्त अक्षयकाेष २,५५,०००० दुईलाख पचपन्न हजार राशीकाे रहेकाे कार्यक्रममा बाेल्दै जाेशीका छाेरा रामचन्द्र जाेशीले घाेषणा गरेका थिए । यस्तै उक्त अक्षय काेष छाेरा द्वय सिताराम जाेशी, रामचन्द्र जाेशी र नातीहरु द्वय डिल्लीराज जाेशी र हरिशंकर जाेशी रहेकाे सहयाेगमा स्थापना भएकाे वताएका छन ।