पहाडमा हर्षोल्लासपूर्वक होली पर्व मनाईंयाे : तराईमा अाज मनाईदै
अत्तरिया : हिमाली तथा पहाडी क्षेत्रमा बिहिबार मनाइएको होली देशको तराई–मधेश क्षेत्रमा आज मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा आज प्रतिपदाका दिन तराई–मधेसका जिल्लामा मनाईने परम्परा छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भभावनाको सन्देश बोेकेकोे फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ । सामाजिक सद्भाव अभिवृद्धि, सबैमा खुसियाली सँगै विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउन होली खेल्ने परम्गपरा रहेकाे छ ।