जाेशीको बिहीवार अचानक छातीमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनलाई निमोनियाको पनि समस्या भएको थियो ।
लामो समय देखि सामाजिक कार्यमा सक्रिय जोशी वन उपभोक्ता राष्ट्रिय महासंघका महासचिव, साना सहरी खानेपानी तथा सरसफाई राष्ट्रिय महासंघका केन्द्रिय सदस्य, अत्तरिया सामुदायिक सिकाई केन्द्रका निवर्तमान अध्यक्ष लगायत बिभिन्न संघ- सस्थामा आवद्ध रहेका थिए ।
६९ वर्षीय जोशीको असामहिक निधनले यहाँको समाजमाअतुल्नीय क्षति भएको भन्दै अत्तरिया क्षेत्रका अधिकास सामाजिक व्यक्तिहरुले अाफ्नाे सामाजिक सञ्जालमा दुख समेत व्यक्त गरेका छन् । यसै अत्तरियाकाे वसन्तपूरमा संचालित एपेक्स ऐकेडेमी स्कुलले पुर्वनिर्धारित अाफ्नाे वार्षिक उत्सव कार्यक्रम समेत जाेशीकाे साेकमा स्थगित गरेकाे उक्त विद्यालयका प्राचार्य समीर महराले वताएका छन ।