अत्तरियाको पुष्पाञ्जली विद्यालयले मनायाे अाफ्नाे ३६औँ वार्षिकोत्सव
अत्तरिया : कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यामिक विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालयका सञ्चालक यम प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए। पुष्पाञ्जलीले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको नगरप्रमुख भट्टले बताए ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा गोदावरी नगरपालिकाका नगर उप प्रमुख शारदा देवि रोकाया, नगर प्रवक्ता गोपाल दत्त भट्ट, लगायत प्याब्सन प्रतिनिधि लगायत वक्ताहरुले सफलताको शुभकामना दिएका थिए। उक्त अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न कला संस्कृति झल्काउने प्रस्तुती देखाएका थिए ।
वि स २०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म पढाई हुँदै आएको छ। विद्यालयमा करिब १ हजार विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका सञ्चालक भण्डारीले बताए।
भण्डारीले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण गर्नुका साथै जनशक्तिको समेत उचित व्यवस्थापन गरिएको बताए। विद्यालयमा साना बालबालिकाकाे लागि एसीको समेत व्यवस्था गरिएको छ। कार्यक्रममा अत्तरिया क्षेत्रका वुद्धिजिवी,समाजसेवी तथा अाम अभिभावकहरुकाे सहभागिता भएकाे थियाे ।







