निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा गणेश पनेरु निर्वाचित


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका– १ का गणेश पनेरु नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा दोस्राेपटक निर्वाचित भएका  छन । गोदावरी नगरपालिकाका जिन्सि शाखा प्रमुख रहेका पनेरु पुनः सोही पदमा दोहोरिएका हुन ।

संगठनको शनिबार सम्पन्न १२औ अधिवेशनले भुगोलबाट पनेरुलाई केन्द्रिय सदस्यमा सर्वसम्मत चयन गरेको हो । पनेरु यस अघि पनि संगठनको केन्द्रिय सदस्य रहेका थिए ।

पनेरु गोदावरी नगरपालिकामा विगत ५ वर्षदेखी जिन्सी शाखा प्रमुखको रुपमा कार्यरत छन । पनेरु अाफ्नाे संगठनका विभिन्न तहमा विभिन्न पदहरुमा वसि प्रसस्त अनुभव वटुलिसकेका कर्मचारी नेता समेत रहेका हुन ।