पन्त १४१ मत पाएर बिजयी भएका हुन । यस्तै अध्यक्षका प्रत्यासी उम्मेदवार रमेश बलायर ले ८३ मत , मान बहादुर बलायरले ५६ मत , बल बहादुर चौधरी ले ४८ मत र रमेश प्रसाद भट्ट ले ७२ मत पाएकाे निर्वाचन समितिले वताएकाे छ।
बिजयी पन्त वडा नम्बर -१ का निर्वाचित वडा सदस्य समेतरहेका छन । उपाध्यक्षमा पन्त समुह कै गिरीराज भण्डारीले १७६ मत पाएर उपाध्यक्ष पदमा बिजयी भएका छन ।
उपाध्यक्षमा पराजित गणेश महराले १२५ मत पाए भने दुर्गा देबी जोशीले ६४ मत पाइन् । सचिबमा भने मान बलायर समुहका उत्तम महरा बिजयी भएका छन् ।
महराले आफ्ना प्रतिष्पर्धी चेत पन्त समुहका लक्ष्मीराज भट्ट भन्दा १ मत बढी ले बिजयी भएका छन् । कोषाध्यक्षमा पन्त समुह कै चित्राकुमारी भट्ट २१७ मत पाएर बिजयी भएकी छन् भने बिपनीकुमारी चौधरी १२५ मत सहित पराजित भएकी छन् ।
शनिबार संस्था को नयाँ नेतृत्व को लागि निर्बाचन सप्पन्न भएको थियो । जसमा कुल ६ सय ७ मतदाता रहेकोमा ४ सय ६७ मत खसेको निर्वाचन समितिले वताएकाे छ । उक्त खानेपानी संस्थाले वडा नम्बर १ र ६ मा पानी बितरण गर्दै आएको छ ।
यस्तो छ अन्तिम मत परिणाम :
