प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको कार्यालयले गएराति इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका ७५ जनाको सूची सार्वजनिक गरेको हो।
बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो।
बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले सूचना जारी गर्दै इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका प्रहरीको नामावली सार्वजनिक गरेका हुन्। वढुवा हुने डीएसपीकाे पहिलाे नम्वरमा सुरेन्द्र प्रसाद जाेशी सिफारिस भएका छन । यस्ताे रहेकाे छ विस्तृत नामावली :

