प्लानेट भि टी मन्टेश्वरीकाे दाेस्राे वार्षिकाेत्सव सम्पन्न : उत्कृष्ट वर्ष कर्मचारी र विद्यार्थी सम्मानित ,४६ जनाले गरे अक्षरारम्भ


अत्तरिया : प्लानेट भि टी मन्टेस्वरी स्कुल अत्तरिया परिवार साेमवार सरस्वती पुजा को अवसर पारेर आफ्नो दोस्रो बार्षिक उत्सव मनाएको हाे । बार्षिक उत्सव मा नेपाल सरकार का माननिय खेमा देवी बिस्ट ज्यु प्रमुख अतिथि तथा बरिस्ठ हाड जोर्नि विशेषज्ञ डा नर बहादुर मौनी , समाजसेवी युवा नेता लोकराज पान्डे (आगो) लगायत का ब्यक्तित्वहरुको उपस्थिति रहेकाे थियो ।
कार्यक्रम मा प्लानेट ले बर्ष को बिद्यार्थी २०८१ बाट कक्षा यु के जि कि स्वयन्सा भट्ट , अनुसासित बिद्यार्थी मा यु के जि कै सुदिमा साउद र सरसफाइ ( हाइजिन) मा काजल चोखाल पुरुस्कृत भएकि थिइन ।
प्लानेट ले अाफ्नाे स्कुलमा  काम गर्ने कर्मचारी को मुल्यांकन गरेर बर्ष कर्मचारी पुरुस्कार दिने गरेको छ ।
२१ जना कर्मचारी रहेको प्लानेट मन्टेस्वरी को बर्ष कर्मचारी को रुपमा पुजा महरा छनौट  गरि सम्मान गरेकाे थियो ।
पुजा महरा शिक्षण बिभाग वा कुनै प्रसाशनिक कर्मचारी नभई कार्यालय सहयाेगी पदमा कार्यरत रहेकी  छन। महरालाई  दुई बर्ष अघि प्लानेट ले हाउसकिपिङ्ग मा राखेको थियो भने ।उन्को लगन र मेहनत लाई मुल्यांकन गर्दै गत बर्ष देखि प्लानेट ले भान्सा सम्हाल्ने जिम्मेवारि दिएको थियो ।
प्लानेट भि टी ले आफ्ना बच्चालाई खुवाउने खाना को गुणस्तर मा ध्यान दिदै आएको छ ।दैनिक ३ पटक करिब १०० जना लाइ बिना झर्को मानि खाना खुवाएको र नियमित रुपमा अनुसासित कर्मचारी को रुपमा प्लानेट मन्टेस्वरी ले मुल्यांकन गरि छनौट गरेको अध्यक्ष पुष्कर सर्मा जाेशीले वताए । छनौट का लागि अभिभावक को सुझाव , बिद्यार्थी सङ्ग सोधपुछ , अन्य सहकर्मि कर्मचारी को सुझाव लाइ ५० प्रतिशत र एक हफ्ता लाइ दुइ दिन मानि करिब १०४ दिन को cctv फुटेजका आधारमा कर्मचारी को मुल्यांकन गरेको सर्माले बताएका थिए ।
cctv फुटेज का आधारमा अरु कर्मचारी पनि नजिक थिए । तर दैनिक १०० भन्दा बढि बालबालिका को हेरचाह गर्नु ।बिहान ,नास्ता खुवाउनु , समयमै दिउँसो खाना अनि साझ पुनः नास्ता खुवाउनु सामान्य कुरा होईन । त्यसैले बर्ष कर्मचारी को रुपमा पुजा महरा नै अकाट्य रुपमा बिजेता हुनु हुन्छ भन्ने प्लानेट भि टी मन्टेस्वरीकाे संचालन समिति को निशकर्ष रहेकाे थियो ।
प्लानेट ले  सरस्वती पुजा सङ्ग अक्षराम्भ कार्यक्रम पनि गरेको थियो ।प्राप्त जानकारी अनुसार  करिब ४६ जना नयाँ नानि बाबु ले अक्षरारम्भ गरेकाे जानकारी दिएका थिए।
प्लानेट मन्टेस्वरी ले आफ्नो नयाँ ब्लक शुरुआत गरेसंगै तिनवटा व्लकवाट सेवा दिदै अाएकाे समेत संचालक समितिले वताएकाे थियाे ।
यो बर्ष भित्र प्लानेट मन्टेस्वरी ले १८० जना बिद्यार्थी पुर्याउने लक्ष्य राखेको वताएकाे छ ।