अत्तरिया सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारण सभा समपन्न : कविराज भट्ट काे नेतृत्वमा नयाँ कार्यसमिति गठन
कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष टिका दत्त जोशीले गरेका थिए। प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट तथा विशिष्ट अतिथिमा उप प्रमुख शारदा देवी रोकाया, चुरे गाउँपालिकाकी उपाध्यक्ष धना थापा, वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ४ का अध्यक्ष हेम प्रकाश मल्ल रहेका थिए । यसक्षेत्रका जनप्रतिनिधि, समाजसेवी र बुद्धिजीवीको उपस्थिति रहेको थियो।
सामुदायिक सिकाइ केन्द्रले शिक्षा र सीपमार्फत समुदायका मानिसहरूको जीवनस्तर सुधार गर्न योगदान पुर्याउँदै आएको छ। यो केन्द्र स्थानीय स्तरमा स्थापना भई सञ्चालन हुने अनौपचारिक शैक्षिक संस्था हो, जसले समुदायको आवश्यकतालाई मध्यनजर गरी शिक्षासँगै सीप आर्जन र स्वरोजगारको अवसर प्रदान गर्दछ।
केन्द्रले निरक्षर व्यक्तिहरूलाई आधारभूत शिक्षा, विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षाको अवसर, र समुदायका सदस्यहरूलाई निरन्तर शिक्षा र सीप प्रदान गर्दै आएको छ। यसबाहेक, पुस्तकालय तथा स्रोत केन्द्रको सञ्चालनबाट आवश्यक ज्ञान र सूचना उपलब्ध गराउँदै सामुदायिक सशक्तीकरणमा योगदान पुर्याएको छ।
समुदायको आवश्यकता र समयको मागअनुसार केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै व्यक्तिको शारीरिक, मानसिक, र सामाजिक विकासमा सहयोग पुर्याइरहेको छ। पेसागत समूह गठन गरेर सामूहिक क्रियाकलापमार्फत आयआर्जन र जीवनस्तर उकास्न केन्द्रले विशेष पहल गर्दै आएको छ।
सिकाई केन्द्रका सचिव हरिलाल ओझाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
यस्तै प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८०/०८१ नाै लाख ३०हजार ३२४ रुपैयाँ आम्दानी गरेको छ भने ६ लाख १४ हजार ७१६ रुपैयाँ खर्च गरेको साथै बचतमा ३ लाख १५ हजार ६०८ रहेको छ।
सामुदायिक सिकाइ केन्द्रहरूले स्थानीय क्षेत्रमा शिक्षा, सीप र सशक्तीकरणका कार्यक्रममार्फत समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
सनिवार सम्पन्न साधारणसभावाट सिकाईकेन्द्रकाे अध्यक्ष पदमा कविराज भट्ट सर्वसम्मत चयन भएका छन । यस्तै उपाध्यक्ष मा लक्ष्मिदेवी भण्डारी ,सचिवमा धनिराम पनेरु, काेषाध्यक्षमा हेमन्ती देवी पाल र सदस्यहरुमा भीम बहादुर बलाएर,मदनराज शर्मा (जाेशी),तेजराज भट्ट, र महिला सदस्यमा शारदा राना र गाैरी श्रेष्ठ निर्विराेध रुपमा निर्वाचित भएसंगै कार्यसमितिले पुर्णता पाएकाे छ ।यस्ताेे छ शनिवार निर्वाचित कार्यसमिति :