सरकारले संसद् अधिवेशन आह्वान नगरे विशेष अधिवेशन माग गर्छाै : विपक्षी दल


सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बुधबार बिहान बसेको बैठकमा उक्त विषयमा छलफल भएको छ ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘सरकारले चाँडोभन्दा चाँडो हिउँदे अधिवेशन बोलाओस् । संसद्‌बाट सरकारले जनताको माग सम्बोधन गरोस् । सरकारले अझै संसद्लाई छलेर काम गर्छ भने विशेष अधिवेशन माग गर्नेछौँ ।’

दुई ठूला पार्टीले संसद्लाई हेपेर स्वेच्छाकारिता लाद्न खोजेको उनको भनाइ छ ।

साथै, साना दल, सङ्घीयतालाई रोक्न थ्रेसहोल्ड ल्याउन खोजेको पुनले बताए । यो लोकतन्त्रका लागि गलत भएको उनको भनाइ रहेकाे छ ।