गोदावरी स्नानका लागि गाेदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गर्दै
अत्तरिया : कैलालीको गोदावरी धाममा लाग्ने मकर मेलाको अवसरमा स्नान गर्न जानेहरुका लागि निःशुल्क बसको व्यवस्था गरिने भएको छ।
गोदावरी नगरपालिकाले उक्त दिन स्नानगर्नेहरुका लागी निःशुल्क बसको व्यवस्था गर्न लागेको छ। माघ १ गते नगरपालिकाले ५ वटा बस सञ्चालन गर्ने नगरप्रमुख बिरेन्द्र भट्टले बताए। मेलामा जाने भक्तजनहरूको सुविधाका लागि लालपुर, स्याउले, मालाखेती, गेटा र अत्तरियादेखि गोदावरीसम्म ५ वटा बस निःशुल्क बिहान ५ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिने मेयर भट्टले बताए। गत वर्ष पनि नगरपालिकाले मकर मेलाको समयमा निःशुल्क बस सेवा उपलब्ध गराएको थियो। गाेदावरीधाममा गोदावरी धाम विकास समितिले हरेक बर्ष १२ राषी मकर मेला लगाउदै अाएकाे छ।