२०८१ श्रावण पहिलो साताबाट सुरु भएको रियालिटी सो गएकाे पुष १२ गते शुक्रबारका दिन सम्पन्न भएको छ । धनगढी अत्तरिया, महेन्द्रनगर पुनर्वास, लम्की र डडेल्धुरा गरी आठ वटा अडिसन सँगै रियालिटी शो समापन भएको हो । अडिसनमा २५० जना सहभागी रहेकोमा आठौं राउन्ड पार गरेर ८ जना फाइनललिस्ट सोयल बोगटी, साइसा रावल, मेनु भट्ट, ममता तिमेलसेना, एलेक्स भुल, चन्द्रप्रकाश चुनारा, रितिका घटालार सुस्मिना खड्का छनोट भएका थिए ।
आठजनामध्ये प्रथम रीतिका घटाला द्वितीय मनु भट्ट र तृतीय सुम्निमा खड्का र एलेक्स भूल भएका थिए। उनीहरूलाई क्रमश प्रथम पुरस्कार १ लाख५५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र, मेडलर गिफ्ट ह्याम्पर दोस्रो पुरस्कार ७५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर त्यस्तैगरी तृतीय पुरस्कार ४० हजार नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रबाट साथ सहयोग पाएको कारण सम्पूर्ण अडिसनहरू सभ्य र भव्यताका साथ सम्पन्न भएको र आगामी दिनमा यस्तै सहयोग पाउन सकेमा सुदूरपश्चिमबाट पनि डान्स क्षेत्रमा उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्न सकिने द ट्विन्स अ कम्प्लिट इन्स्टिच्युट अफ डान्सका सञ्चालक केशव बलायरकोे भनाइ रहेको छ ।
धनगढीमा यस्ताे राम्रो कार्यक्रम आयोजना गरिरहँदा सोचेजस्तो साथ सहयोग प्राप्त गर्न नसके पनि थुप्रै सहयोगी हातहरूप्रति आफ्नो सधैं सम्मान रहने र आगामी दिनमा अझै सुदृत गर्दै लैजाने उद्देश्य रहेको उनको भनाई रहेको छ। संस्थाले धनगढीमै पहिलोपटक सन्ध्याकालीन सांस्कृतिक मिनी मेला र धार्मिक तथा सांस्कृतिक उत्सव समेत आयोजना गरिसकेको अायाेजकले मिडियालाई जानकारी गराएका छन ।
धनगढी डान्स च्याम्पियनसिप सिजन ३ मा पहिलो स्थान प्राप्त गरेकी इमानुयल बोर्डिङ स्कुल कि छात्रा रीतिका घटाला लाई बुधवार ( अाज )सम्मान सहित बजार परिक्रमा गर्ने कार्यक्रम रहेकाे इमानुयल बोर्डिङ स्कुलका संचालकले वताएका छन ।