दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन
अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन गरिएको छ । 
क्याम्पस परिसर वनखेतमा समाजको आज बसेको भेलाले उद्धव भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा योगेश भट्ट,महासचिवमा भिष्मराज सुवेदी,सचिवमा पदमराज ओझा र कोषाध्यक्षमा रत्ना कुँवर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा शारदा फुलारा,बालकृष्ण भट्टराई,लक्ष्मी विष्ट,जगत महरा र योगेश भट्ट चयन भएका छन् । त्यस्तै सभाले तेज खड्काको संयोजकत्वमा सल्लाहकार समिति पनि चयन गरेको छ ।
सल्लाहकार सदस्यहरुमा धर्मसिंह कुँवर,प्रेमराज भट्ट,गणेश महरा,डण्डीराज जोशी,लक्ष्मीराम आर्चाय,राजेन्द्र विष्ट,मान बहादुर महरा र राज कुमार साउँद रहेका छन्
उक्त समाजकाे तदर्थ समिति २०७८ सालमा नै गठन गरिएको भएपनि समितिले सक्रियता देखाउन सकेको थिएन ।