प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य समितिले गर्याे गेटा अस्पतालको अवलोकन
अत्तरिया : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत रहेको गेटा अस्पतालको अवलोकन गरेको छ । सोमबार समितिका सभापति अम्मर बहादुर थापा नेतृत्वमा आएको टोलीले अस्पताल लगायत विश्वविद्यालयका संरचनाको अवलोकन गरेको छ।