अत्तरियाको एपेक्स एकेडेमीमा कृषि मेला सम्पन्न


अत्तरिया : कैलालीको अत्तरिया स्थित एपेक्स एकेडेमीले शुक्रवार एकदिने कृषि मेला सम्पन्न भएकाे छ। विद्यालयले गएकाे दशै र तिहार बिदामा विद्यार्थीहरूलाई निशुल्क रुपमा तरकारीको बीउ वितरण गरेको थियो, जसबाट बालबालिकाहरूले तरकारी उत्पादन गरी बिक्री वितरणका लागि विद्यालयमा ल्याएका हुन। तिनै उत्पादित तरकारीहरुलाई विक्री गर्न मेलाको आयोजना गरिएको अायाेजकले वताए ।

विद्यालयका प्रधानाध्यापक समीर महराले विध्यार्थीलाई कृषि प्रती आकर्षीत गर्न मेला आयोजना गरिएको बताए । महराले भने, “हरेक बालबालिकाले भविष्यमा के बन्नुहुन्छ भन्दा ‘किसान बन्छु’ भन्ने वातावरण सिर्जना गर्न आवश्यक छ। तब मात्र देश विकास सम्भव छ।”

यस मेला मार्फत विद्यार्थीहरूलाई कृषि क्षेत्रमा रुचि जगाउन तथा उद्यमशीलताको प्रोत्साहन गर्न विद्यालयले विशेष प्रयास गरेको बताए । मेलामा विक्रि हुनवाँकी रहेकाे तरकारीहरु विद्यालयले नै किनेर विद्यार्थी लाई उक्त तरकारीकाे रकम दिनेकुरा प्रअ महराले वताए।