चितवनलाई ३३ रनले पराजित गर्दै लुम्बिनीको पहिलो जित


काठमाडौं : कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पार्न सफल भएकाे छ ।

रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।

पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा  अाफ्नाे खाता खोलेको छ ।