अत्तरिया : धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर भाेली २२ गतेबाट सुरु हुने १८ औं संस्करणको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अायाेजकले वताएकाे छ ।
महोत्सवमा ५ सय २५ बढी स्टल छन भने बिगतकोभन्दा बढी मनोरञ्जनका सामानहरु रहेको कैलाली उद्योग बाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले जानकारी दिए ।
यसपालि माछाको टनेल पनि निर्माण गरिएको र त्यस्को अध्ययन अवलोकन गरेर आनन्द लिन सकिने उनले बताए ।
महोत्सव उद्घाटन कसले गर्ने भन्ने अहिले टुंगो लाग्न सकेको छैन् । यस अघि प्रधानमन्त्री केपीशर्मा ओलीबाट उद्घाटन गर्ने भनिए पनि कार्यव्यस्तताका कारण आउन नसक्ने महोत्सव सचिवालयले जनाएको छ ।