लघुवित्त बैंकर्स संघ अत्तरियाले गर्याे सुप समावेशीका विद्यार्थीलाई सहयोग
अत्तरिया : नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति अत्तरियाले सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संघले गोदावरी नगरपालिका – २ अत्तरिया रहेको सुप समावेशी विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो । उक्त विद्यालयमा हाल अपाङ्गता भएका ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।