गोदावरीमा १५ औं नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नगर स्तरिय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको मंगलवार एक कार्यक्रमकाबिच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा संस्थागत तथा सामुदायिक गरि नगरका ४५ ओटा विद्यालय सहभागी रहेका छन् । गोदावरी-८ स्थीत हरिनगरमा रहेको दुर्गा भवानी माविमा भईरहेको प्रतियोगिता मंसिर २१ गतेसम्म चल्नेछ ।

रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक शिवराज भट्टराईले प्रतियोगितामा ६ वटा विधामा प्रतिष्पर्धा गराइने मिडियालाई बताएका छन् ।