सुदूरपश्चिममा उपनिर्वाचनका लागी मतदान जारी


अत्तरिया : सुदूरपश्चिममा रिक्त रहेको पदको लागि मतदान जारी छ । उपनिर्वाचनअन्तर्गत सुदुरका पाँच पदका लागि मतदान भइरहेको हो । प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार बिहान ७ बजेदेखि नै पाँच वटै स्थानमा उत्साहजनक रूपमा मतदान जारी छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा पनि मतदान जारी रहेको भट्टले जानकारी दिए । त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको हो ।

मतदानमा उत्साहपुर्वक सहभागिता रहेको बताईएको छ । अहिलेसम्म प्रदेशका सबै स्थानमा शान्तिपुर्ण रुपमा मतदान भैरहेको निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।