अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी सहित १० जनाद्वारा राजीनामा


अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारि सहित १० जना पदाधिकारीले राजीनामा दिएका छन् । बुधवार संघकाले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संघका उद्योग उपाध्यक्ष दल बहादुर खड्का, वाणिज्य उपाध्यक्ष फागुराम चौधरी, बस्तुगत उपाध्यक्ष चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम राज भण्डारी लगायतका पदाधिकारी छन् भने अरु सदस्य गरि १० जना रहेकाछन ।
पत्रकार सम्मेलनमा बोल्दै संघका उद्योग उपाध्यक्ष खड्काले अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेर माफी मागेपछि आफूहरूले माफी दिएको बताए । उनले अध्यक्षले गल्ती स्वीकार गरेर अदालतमा गएर मिलापत्र गरेको बताए ।
‘अध्यक्षको नेतृत्वदायी भूमिका राम्रो देखिएन । अध्यक्षले साँझ एक कुरा गर्ने बिहान एक कुरा गर्ने गरेका छन्’ उनले भने ‘अहिलेको नेतृत्वकाेमा जान सक्ने अवस्था नभएकाले हामीले नयाँ कार्यसमितिको निर्वाचनको माग गर्दै राजीनामा दिएका हौ ।’
महासचिव शंकर खड्काले अध्यक्षलाई आम माफी दिए पनि उनका नै अध्यक्षको नेतृत्वमा बस्न नैतिकताले नमिलेर राजीनामा दिएको बताए ।
‘पुरानै तरीकाले हामी जान नचाहेर हामीले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाउन राजीनामा दिएका हौ’ उनले भने ‘अध्यक्षले आफू र बम बहादुर बोगटीको विरुद्धमा मुद्दा हाल्नु पनि गल्ती भएको भनेर माफी मागेपछि हामीले माफी दियौ । तर, हामीलाई वहाँको नेतृत्वमा बस्न नैतिकताले नमिलेकाले राजीनामा दिएका छौ ।’
उनले माफी माग्ने र बिगो भर्ने मान्छे सार्वजनिक रूपमा भनिसकेपछि दोषी को हो भनेर जनताले आफै बुझिसकेको बताए ।
संस्थाका सदस्य बम बहादुर बोगटीले नक्कली टिकट प्रकरणमा आउने बित्तिकै राजीनामा दिन चाहेको भए पनि त्यति बेला सम्भव नभएको बताए । उनले १ वर्ष सम्म पनि अदालतबाट निर्णय नभएको अवस्थामा अध्यक्षले माफी मागेपछि आफूहरूले माफी दिएको बताए ।
संघका  पदाधिकारी सहित १० जनाको हस्ताक्षर रहेको राजीनामा पत्रमा नक्कली टिकट ठेलीमा भएको हानी नोक्सानी बाफतको क्षतिपूर्ति रकम १ लाख २८ हजार बैंकमा अध्यक्ष कल्याण सिंह बोहराले संस्थाको खातामा दाखिला गरी माफी मागेको उल्लेख छ ।
अदालतमा विचाराधीन मुद्दामा अध्यक्षले गल्ती स्वीकार गरी आम माफी मागिसकेको पदाधिकारीले पनि माफी दिएको राजीनामा पत्रमा जनाइएको छ । राजीनामा पत्रमा अध्यक्षको बोली र काम कारबाही कार्यान्वयनमा कुनै पनि सत्यता र विश्वसनीयता नदेखिएकाले राजीनामा दिएको उल्लेख छ । राजीनामा पत्रमा तुरुन्त आम चुनाव गर्न पनि माग गरिएको छ ।
  यस्ताे छ प्रेस विज्ञप्ति :