तीन सातामै उमेश भट्टका तीन भिडियाे सार्वजनिक

अमेरिका फर्किनु दुई दिनअघि भट्टले आफ्नो महत्वाकांक्षी प्रोजेक्टका रूपमा ‘गर्न मन छ तमी सँग कुरा पियारी’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द द भ्वाइसका प्रथम बिजेता सिडी विजय अधिकारीको संगीतमा तयार भएको गीतमा समीक्षा अधिकारी र सिडीको स्वर रहेको छ । पुष्कर खत्रीको संगीत संयोजन रहेको गीतको भिडियोमा उमेशसँगै अहिलेकी चर्चित मोडल जुना विश्वकर्मा र कमल सिंहको अभिनय रहेको छ । रोशन विश्वकर्माको कोरियोग्राफी र राजीव समरको निर्देशनमा बनेको म्युजिक भिडियोवाट आफू निकै आशावादी रहेको भट्टले बताएका छन् । गागलफेदीमा छायांकन गरिएको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । गीत र भिडियो उत्कृष्ट बनेको मोडल विश्वकर्माले बताइन् । भिडियो तिहारपछि सार्वजनिक गर्ने तयारी रहेको छ । दुई वटै म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।