गोदावरी-१ बडेहाँ बिजौरा खानेपानि आयोजनाको भोली विहिवार उद्घाटन हुदै
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा निर्माण कार्य सम्पन्न बडेहाँ बिजौरा खानेपानि आयोजनाको उद्घाटन हुने भएकाे छ । वि स २०७५ सालबाट निर्माण शुरु भएको आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै भोली बिहीबार उद्घाटन गर्न लागिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयको करिब १२ करोड २९ लाख लागतमा खानेपानि आयोजना निर्माण भएको बडेहाँ बिजौरा खानेपानि उपभोक्ता तथा सरसफाई समितिका सचिव मान बहादुर बलायरले बताएका छन । सचिव वलाएरले निर्माण सम्पन्न भएसंगै ८ गते बिहीबार खानेपानि आयोजनाको भव्य कार्यक्रमका बिच उद्घाटन संगै प्रथम साधारणसभा पनि गर्न लागिएको बताएका छन् । सचिव बलायरका अनुसार सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि सुरेन्द्र बहादुर पालले उद्घाटन गर्ने कार्यक्रम रहेकाे वताएका छन।
खानेपानि आयोजना निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै समितीका अध्यक्ष बलबहादुर चौधरीले उद्घाटन कार्यक्रम सभ्य एवम् भव्यताका साथ मनाईने बताएका छन् । उनले खानेपानि आयोजना निर्माणका लागि भागेश्वर स्कुलले २ कट्टा जमिन उपलब्ध गराएको बताउदै निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई उद्घाटन कार्यक्रममा सम्मान गरिने बताएका छन् ।
खानेपानिको ४२ किलोमिटर पाईपलाईन विस्तार गरिएको छ भने ६ सय ५ जना उपभोक्ता रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानि र जिल्ला खानेपानि डिभिजन कार्यालय अन्तर्गत उक्त खानेपानि निर्माण भएको समितिका सचिव बलायरले बताएका छन् ।
खानेपानीबाट गोदावरीको वडा नम्बर १, ५ र ६ का बडेहा, भुँयारा, नहरटोल, कुटीकटान, बिजौरा, चैतन्यपुर, सालघाडी र गेटाका करिब २५ सय घरधुरी लाभान्वित हुने छन् । बिगतका दिनमा यहाका खोला नालाको दुषित पानि र नल्काको पानि पिउन बाध्यात्मक रहेका स्थानियहरु बडेहाँ बिजौरा शुद्ध खानेपानि निर्माण भएर घरघरमा धारा जोडिने भएपछि निकै हर्षित भएका छन् ।