खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न धनगढी उपमहानगरपालिका द्वारा सुचना जारी

पानीको प्राकृतिक बहाव यथावत कायम राख्न र खोलानाला किनारका सार्वजनिक जग्गाहरूमा हरियाली विकास गर्न, सडक तथा फुटपाथ निर्माण गर्न, खोलाको अधिकार क्षेत्र तथा सेटब्याक रेखाङ्कन गर्ने कामसमेत गरिने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
धनगढी उपमहानगरपालिकाले खोलाको अधिकार क्षेत्र तथा सेटब्याक खाली गर्न वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ का प्राकृति खोलानालाहरूमा निर्माण गरिएका भौतिक संरचना कार्तिक मसान्तसम्म खाली गर्न सूचना जारी गरेको हो। उपमहानगरपालिकाले खोलानालाको अधिकार क्षेत्र र सेटब्याक खाली गर्ने काम नगरिए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ।