प्रहरी इञ्चार्जको कन्चटमा हिर्काउने समूह पक्राउ परेन


अत्तरिया: इलाका प्रहरी कार्यालय, त्रिभुवन बस्ती कञ्चनपुरका इञ्चार्ज महेश विक्रम शाहीको कन्चटमा हिर्काउने समूह अझै पक्राउ परेको छैन।
पुनर्वास नगरपालिका–७ बुद्धचोकमा गत असोज १० गते राति ९ बजे खड्खडे (एक प्रकारको जुवा) खेलाउने र खेल्ने समूहलाई नियन्त्रण खोज्दा प्रहरी माथि आक्रमण भएको थियो। स्थानीय युवाको समूहले इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इञ्चार्ज शाहीसहित ९ जना प्रहरीमाथि आक्रमण भएको २२ दिनसम्म पनि उनीहरू पक्राउ परेका छैनन्।

शाहीको कन्चटमा हिर्काइएको थियो भने, अन्य प्रहरी सामान्य घाइते भएका थिए। खड्खडे समूहले प्रहरीको भ्यानमासमेत तोडफोड गरेको थियो। घटनाका विषयमा बुझ्न दोस्रो दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक उमेशराज जोशी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुगेका थिए। एक स्थानीयले भने, ‘अहिले पुनर्वास क्षेत्रमा मेलाहरू लाग्ने गरेका छन्।

मेलामा अहिले पनि खड्खडे हुन्छ। प्रहरीले रोक्न सकेको छैन। प्रहरीले आफै माथि आक्रमण गर्नेलाई त पक्राउ गर्न सकेको छैन। खेल कसरी बन्द गर्छरु’ कञ्चनपुर प्रहरीले इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इञ्चार्ज शाहीसहतिका प्रहरीमाथि आक्रमण गर्ने र भ्यान तोडफोड गर्ने समूहलाई २२ दिनसम्म पक्राउ गर्न भने अझै सफल हुन सकेको छैन्।