अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर कृषि बजारलाई हस्तान्तरण


 

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा निर्माण गरिएको कोल्ड स्टोरको साँचो आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले कृषि बजारका अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरण गरेका छन् ।

कोल्ड स्टाेर अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल  परियाजनाको आर्थिक सहयोगमा निर्माण भएको हो । तयार नेपाल नेपाल परियाजनाको आठ लाख १७ हजार ६९९ रुपियाँ तथा कृषि उपज थोक बजार समितिको एक लाख पचास हजार लगानिमा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै बजारका अध्यक्ष नन्दलाल भट्टले कोल्ड स्टोरले यहाँका किसानलाई  तत्काल सड्ने तरकारीहरु वचाउन राहत मिल्ने बताए । कोल्ड स्टोर सञ्चालनका लागि समितिले    चाडै कार्यविधी तयार पार्ने समेत अध्यक्ष भट्टले बताए ।