अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको अाब २०८१/०८२ काे बजेट बहुमतले पारित भएको छ । भदौ ३१ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।
छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका आइतबार विहान बसेको प्रदेश सभाबाट बजेट बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले बजेटको विपक्षमा मतदान गरेका छन । राप्रपा अनुपस्थित रहेकाे छ । भने स्वतन्त्र तटस्थ रहेकाे जानकारि प्रदेशसभाले गरेकाे छ ।