टुँडिखेलकाे गाैरापर्वमा आफूविरुद्ध नारा लागेपछि किन कड्किए देउवा : यस्ताे छ कारण


होहल्ला झन् चर्किएपछि देउवा कड्किए-‘लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बकवासहरु।’

​उनले गौरा पर्व बिथोल्नेहरूको घुसपैठ भएको आरोप समेत लगाए।

‘यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्। देउडा खेल्न आएका छन्। यहाँ न अरूको कुरा सुन्छन्। न  अरुलाई देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्। त्यस्तालाई जनताले ठिक पार्नुपर्छ।’ देउवाले थपे। 

भिडले आफूहरुलाई नेताहरु नचाहिने भन्दै मुर्दावादको नारा लगाएको थियो। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन गौरा पर्व महत्वपूर्ण रहेको  समेत बताउदै अाफ्नाे शुभकामना राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0