पुर्व प्रधानमन्त्री देउवाकाे धनगढी निवासमा फेला पर्याे बम


 

धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले राति १२ बजे थाहा पाएको थियो। नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद वस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाको दुई टोली पुगेको थियो।

बिहान ५ बजे पुगेको टोलीले साढे ८ बजे शंकास्पद वस्तु निष्क्रिय पारेको थियो। उक्त डिस्पोज गरिएको वस्तु बम भएको नेपाली सेनाका एक उच्च अधिकारीले बताए। तर कैलाली प्रहरीले भने उक्त वस्तुलाई माटो भनेर भनेको छ।

हाल देउवाका भतिजा समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा बस्ने उक्त घर अगाडि बम राखिएको खबरपछि आज जिल्लास्थित सबै सुरक्षा निकायको बैठक बसेको छ। २४ सैं घण्टा प्रहरी बस्ने सो घरनिरै बम राखिएको घटना गम्भीर भएको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सुरक्षा बैठक बोलाएका थिए।

अनुसन्धान निष्कर्ष नजिक पुगेको र उक्त घटनामा संलग्नलाई पक्राउ गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ। यद्यपि अहिले प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0