डिएमसी होटल म्यानेजमेन्ट कलेज धनगढीमा छात्रवृत्ति परिक्षा सम्पन्न


 अत्तरिया :   धनगढीको डिएमसी होटल म्यानेजमेन्ट कलेजमा १०० गु्रप्स र रुटिन अफ नेपाल बन्दको सहकार्यमा  मगलवार  एसईई छात्रवृत्ति प्रवेश परिक्षा सम्पन्न भएको छ ।

१०० गु्रप्स र रुटिन आफ नेपाल बन्दले ३५ जना विध्यार्थीका लागि निशुल्क ११ र १२ कक्षा पढाईको साथ साथै होस्ट्ल समेतको खर्च व्ययहाेर्ने गरि कार्यक्रम ल्याएको हो ।

उक्त कार्यक्रमका स्ट्याटिजिकल एडभाईजर युवराज भट्टराईले उत्साह जनक सहभागिता रहेको बताउदै प्रोजेक्ट शिक्षा परियोजना अन्तर्गत ११ र १२ का लागि जिपिए हेरेर विद्यार्थी छानिने र प्राथमिकताका आधारमा वर्गीकरण गरेर छानिने वताए । साथै डिएमसीमा होटलमेनेजम्यानेजमेन्ट पढ्न इच्छुक विद्यार्थी पनि सो परिक्षामा पुर्ण छात्रवृत्तिकाेे लागि सहभागिता जनाएका थिए ।

सुदूरपश्चिम प्रदेशमा डिएमसि कलेज भेन्यु पार्टनरकाे रुपमा रहेको हुदा डिएमसि कलेजलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।  उक्त कार्यक्रममा  तिन सय भन्दा बढी विद्यार्थीहरुकाे सहभागिता रहेको जनाईएको छ ।