नारायणीले बगायो दुईवटा बस, ५० भन्दाबढी यात्रु बेपत्ता


चितवन : चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले बताएको छ।

शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले  मिडियालाई जानकारी दिए ।

विरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बसलाई बगाएको डिएसपी रिजालले बताए ।

त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बसलाई पनि पहिरोले बगाएको डिएसपी रिजालले जानकारी दिएका छन् । उक्त बसको नम्बर खुलिसकेको छैन ।

दुबै बसमा गरेर ५० जनाभन्दा धेरै सवार थिए । ‘ती सबै यात्रु नारायणीमा बेपत्ता छन् |

उक्त खबर पछि एसपी, ‍डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन् । अहिले पहिरोले गर्दा दुबैतर्फ सडक अवरोध भएको छ ।