गोदावरीकाे हरैयामा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु


अत्तरिया :  गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका-६ का नन्दराम चौधरी रहेका छन् ।

बुधबार सुपप्र ०१-००१प४६५४ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट धनगढी आइरहेको बा५ख १४१० नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । गोदावरी-६ हरैयामा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा गोदावरी-८ जमुनानगरका लेखकराज जोशी घाइते भएका कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।

चौधरीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  थापाले बताए । बस चालक हेटौँडा-१३ बस्ने ३५ वर्षीय रामशरण घर्तीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0